पोखरामा १३ सय किलो एसिडसहित तीन जना पक्राउ,पक्राउ पर्नेमा बारा जितपुर सिमरा १५का मीनबहादुर भारती

रातोघर

 २०७८ भाद्र १३, आईतबार  मा प्रकाशित
८०७ पाठक संख्या


१३ भदौ, पोखरा । कास्कीमा ठूलो मात्रामा तेजाब (एसिड) मीनबहादुर भारती परेका छन् ।

पोखरा महानगरपालिका- ४ गैह्रापाटनबाट ग ३ च ११४३ को जिपमा १ हजार किलो र पोखरा २ मोहोरिया टोलस्थित अभिषेक औजार पसलबाट ३ सय ५० किलो एसिड बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

पक्राउ पर्नेमा सवारी चालक बारा जितपुर सिमरा उप–महानगरपालिका १५ घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा ०४ बेलचोक बस्ने १९ वर्षीय मीनबहादुर भारती, विराटनगर महानगरपालिका २ घर भई चितवन भरतपुर बस्ने २ बस्ने २९ वर्षीय केशव सिंह र बाग्लुङ नगरपालिका ७ ढिकीचौर घर भई हाल पोखरा २ मोहोरियाटोल बस्ने अभिषेक औजार पसलका सञ्चालक ६३ वर्षीय बलबहादुर विक छन् ।

पोखरामा भेटिएको तेजावमा शीलबन्दी र लेबलिङ नभएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हमालले जानकारी दिए । उनले एसिड कुन प्रायोजनका लागि ल्याइएको भन्नेबारे अनुसन्धान भइरहेको बताए ।

बिना इजाजत तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ को दफा ८ र ९ अनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान भइराखेको प्रवक्ता हमालले जानकारी दिए ।

onlinekhabar.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban