जितपुरसिमरा उपमहानगरपालिका कार्यालयबाहिर फोहोर थुपारेर विरोध

रातोघर

 १५ भाद्र २०७८, मंगलवार १७:२३  मा प्रकाशित
५१८ पाठक संख्या



१५ भदौ, । जीतपुर सिमरा बजार क्षेत्रमा फोहोर नउठाएको विरोधमा स्थानीय युवाले उपमहानगरपालिका कार्यालयमा फोहोर उपहार पठाएका छन् ।

जीतपुर सिमरा बजार क्षेत्रमा लामो समयदेखि फोहोर व्यवस्थापन गर्ने बिषयमा उपमहानरपालिकाले चासो नदेखाएको भन्दै सांकेतिक विरोध स्वरुप युवाले बजारको फोहोर उपमहानगरपालिका कार्यालयमा पठाएका हुन् ।

बजारमा दुर्गन्ध बढेको भन्दै युवाले उपमहानगरपालिकाको गेटमा फोहोर थुपारेका छन् । ‘हामीले जति भन्दा पनि उपमहानगरले सुनेन्, बाध्य भएर हामीले आज उपमहानगरपालिकालाई बजारको फोहोर उपहार पठायौं’ स्थानीय युवक किसन ढकालले बताए ।

उपमहानगरपालिकालाई पटक-पटक फोहोर व्यवस्थापनको लागि ध्यानाकर्षण गराएपनि बेवास्ता गरेकाले उपमहानगरपालिका कार्यालयमै फोहोर थुपारेको उनको भनाइ छ ।

स्थानीय युवाले तत्काल फोहोर व्यवस्थापनको पहल नगरे हरेक दिन उपमहानगरपालिका कार्यालयबाहिर थुपार्ने चेतावनी दिएका छन् ।

Write your Comment