नेपालमा थप १ हजार ५५८ संक्रमित थपिए, १० जनाको मृत्यु

रातोघर

 २०७८ आश्विन १, शुक्रबार  मा प्रकाशित
३२८ पाठक संख्या


नेपालमा थप १ हजार ५५८ जनामा कोरोना पुष्टि भएको छ ।

 

स्वास्थ्य मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५८ जना संक्रमित थपिएको हो ।

 

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३५१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९५।३ रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ४९७ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban