

हेटौंडा । संविधान दिवसको अवसरमा मकवानपुरको भीमफेदी कारागारबाट ४३ जनाको बाँकी कैद मिनाह गर्न सिफारिस गरिएको छ ।
असोज ३ गते संविधान दिवसको अवसरमा भीमफेदी कारागारबाट मापदण्ड पुगेका ४३ जनालाई कैद मिनाहको लागि सिफारिस गरिएको कारागार प्रमुख नारायण पाण्डेले जानकारी दिए ।
५० प्रतिशत कैद भुक्तानी गरेका, असल चालचलन भएको, थोरै कैद समय बाँकी भएकाहरुलाई बाँकी कैद मिनाहको लागि सिफारिस गरिएको हो ।
गणतन्त्र दिवस, संविधान दिवस र प्रजातन्त्र दिवसको अवसरमा सिफारिस भएका कैदीहरुको बाँकी कैद मिनाह गरिदै आएको छ ।
मकवानपुरको भीमफेदी कारागरमा अहिले १ हजार कैदीहरु रहेका छन् । कारागारमा पुरुषहरुलाई मात्र राखिदै आएको छ ।
https://www.facebook.com/100033802382222/videos/441238484094542/





Write your Comment