

सिमरा, १७ पौष । बाराको जितपुरसिमरा उपमहानगरपालीकाका बृद्ध तथा मुसहर बस्तीमा न्यानो कपडा बितरण गरिएको छ । नेपाली काँगेसका महासमिती सदस्य तथा नगरका संस्थापक सभापती श्यामबाबु गुप्ताले न्यानो अभियान अन्तर्गत शितलहर पिडितलाई न्यानो कपडा बितरण गरेका हुन् । नेता गुप्ताले उपमहानगरको वडा नम्बर लामीडाँडाका करिब ४० घरपरिवारलाई न्यानो अभियान अन्तर्गत टोपी, ज्याकेट, ओड्ने लगाएतका समाग्री बितरण गरेका हुन् ।
त्यसैगरी उनले बाराको पथलैया स्थित बृद्धआश्रममा रहेका वृद्धवृद्धालाई न्यानो सिरक बिरतण गरेका छन् । गुप्ताले हरेक बर्ष तराईमा शितलहरसंगै न्यानो कपडा बितरणलाई अभियानको रुपमा संचालन गर्दै आएका छन् । यसअघि उनले नगरको अमलेखगंज, निजगढ, लालरतनपुरी, सिमरा, लगाएतको स्थानमा अति बिपन्न परिवार र वृद्धवृद्धालाई न्यानो कपडा सम्मान स्वरुप बितरण गर्दै आएका हुन् ।
नेपाली काँग्रेस बारा जिल्लाको युवा नेताको रुपमा स्थापित गुप्ता यसअभियान बाहेक पनी बिभिन्न सामाजिक उत्तरदायित्वको कामहरुमा सकृय हुँदै आएको छन् । अभियान अन्तर्गतको जीपुरसिमरा १८ स्थित बिरेन्द्रनगरको मुसहरबस्तीमा आयोजिक एक कार्यक्र्रममा उपमहानगरपालीका १५ का काँग्रेस वडा सभापती ओमराज पाण्डे, बारा क्षेत्र नम्बर तिनका काँगे्रसका क्षेत्रिय सचिव लगाएतका स्थानियत जनप्रतिनिधि र काँग्रेस नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । यता बाराको पथलैयामा आयोजिक कार्यक्रममा काग्रेसका एक नम्बर वडा सभापती रामबहादुर अधिकारी, काँग्रेस नेता प्रदिप धनन्जय लगाएतको उपस्थिती रहेको थियो ।
दुवै कार्यक्रममा नेता गुप्ताले बिपन्न र असहायको अनुहारमा खुशी ल्याउन आफुले सक्ने योगदानलाई अभियानका रुपमा संचालन गरेको बताए ।
उपमहानगरले लक्षित वर्ग तथा असहाय वृद्धवृद्धाका निम्त्ति कुनैपनी राहतका कार्यक्रम ल्याउने नगरेको प्रती दुख ब्यत्त गर्दै स्थानिय सरकारको भुमिका कमजोर बलियो हुन आवश्यक रहेको जिकिर गरे । उनले यो न्यानो अघियान नगरका अन्य स्थानहरुमा समेत आयोजना गर्ने समेत जानकारी दिए ।







Write your Comment