बलात्कारको आरोपमा ५७ वर्षीय बृद्ध पक्राउ

रातोघर

 २०७८ माघ ४, मंगलबार  मा प्रकाशित
२६० पाठक संख्या


४ माघ, पाल्पा । बलात्कारको अभियोगमा पाल्पामा ५७ वर्षीय बृद्ध पक्राउ परेका छन् । प्रहरीले निस्दी गाउँपालिका-१ पुर्मलाङ बस्ने ५७ वर्षीय उज्जलसिंह आलेलाई मंगलबार विहान पक्राउ गरेको हो ।

६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको खबर पाएसँगै इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी केलादीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यससम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban