सिटामोल लुकाउने फार्मेसीलाई १० हजार जरिवाना

रातोघर

 २०७८ माघ ५, बुधबार  मा प्रकाशित
३३३ पाठक संख्या


५ माघ, काठमाडौं । सिटामोल लुकाउने फार्मेसीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना गरेको छ । बजारमा अभाव भएको भन्दै बिरामी ग्राहकलाई सिटामोल बिक्री नगर्ने गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रलाई सातदोबाटोलाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

विभागको छड्के कारवाही क्रममा ग्राहकलाई सिटामोल छैन भनेको फार्मेसीको गोदामा भने सिटामोल भेटिएको विभागका निरिक्षण अधिकृत धनेश्वर पौडेलले बताए । ‘केही दिनदेखि बजारमा सिटामोलको माग उच्च भएपछि फार्मेसीले छैन भन्दै ग्राहक फर्काउन थालेका रहेछन्,’ पौडेलले भने, ‘तर, गोदाममा भने सिटामोल भेटियो ।’

औषधी जस्तो संवेदनशील वस्तुको कार्टेलिङ गरेको आरोपमा विभागले फार्मेसीलाई तत्काल १० हजार रुपैयाँ नगद जरिवाना र सचेत गराउने काम गरेको पौडेलले बताए । केही दिनदेखि बजारमा ज्वरोको बिरामी बढेका कारण सिटामोलको माग उच्च भएको र त्यसैको मौकामा लुकाउने प्रचलन देखिएको गुनासो पछि बजार अनुगमनलाई तीव्र पारिएको पनि विभागले जनाएको छ ।

कोभिडको पछिल्लो लरहमा अत्यवश्यक कुनै पनि खाले औषधिमा कालोबजारी वा कृत्रिम अभावको गुनासो भए तत्काल खबर गर्न पनि विभागले उपभोक्तालाई आग्रह गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban