आँपको बगैचामा हत्या गरिएको अवस्थामा युवतिको शव भेटियो

रातोघर

 २०७८ माघ ६, बिहिबार  मा प्रकाशित
३३२ पाठक संख्या


जनकपुरधाम । धनुषाधाम नगरपालिका–६ मालटोलमा हत्या गरिएको अवस्थामा एक युवतीको शव फेला परेको छ ।

पूर्वपश्चिम राजमार्गदेखि करिब दुई किमी दक्षिणमा रहेको स्थानीय पदम थापाको आँपको बगैँचामा अन्दाजी २६ वर्षीया युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

टाउको फुटेको र रगतले लत्पत्तिएका अवस्थामा युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

युवतीको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको र घटना’bout थप अनुसन्धान भइरहेको उनले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban