आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

रातोघर

 २०७८ माघ ६, बिहिबार  मा प्रकाशित
५४६ पाठक संख्या


सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोडैता नगरपालिका–११, सिसौटिया बस्ने ७५ वर्षीया बृद्धा देवकली देवी रहेकी छन् ।

घरमा आगो बालेर ताप्दै गर्दा शरीरमा आगो सल्किएरपछि गम्भीर घाइते भएकी बृद्धाको उपचारको लागि जिल्ला अस्पताल मलंगवा ल्याउँदै गर्दा गएराति बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । चिसो छल्न अहिले गाउँघरमा आगो बालेर ताप्ने क्रम बढेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban