मकवानपुरको सिमभञ्याङमा हिमपात,त्रिभुवन राजपथ अवरुद्ध

रातोघर

 २०७८ माघ ७, शुक्रबार  मा प्रकाशित
३३५ पाठक संख्या


हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा बिहिबार राति हिमपात हुँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालका अनुसार गएराति भएको हिमपातले त्रिभुवन राजपथ अन्तर्गत सिमभञ्याङ-दामन सडक अवरुद्ध भएको छ ।

सिमभञ्याङ र दामन क्षेत्रमा यस वर्षको दोस्रो पटक हिमपात भएको हो । यसअघि पुस १४ गते उक्त क्षेत्रमा बाक्लो हिमपात भएको थियो

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban