बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

रातोघर

 २०७८ माघ १९, बुधबार  मा प्रकाशित
५३० पाठक संख्या


बैंक ठगी कसुरमा १५ लाख जरिवानासहित १० महिना सात दिन कैद सजाय पाएका एक जना फरार अभियुक्त पक्राउ परेका छन् ।

मोरङको विराटनगर महानगरपालिका- ६ बस्ने ४० वर्षीय सीताराम लुइँटेललाई प्रदेश १ को प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा १८ माघमा पक्राउ गरको हो ।

अभियक्त लुइँटेललाई बैंकिङ कसुरको आरोपमा उच्च अदालत विराटनगरले १० कात्तिक २०७८ मा १० महिना सात दिन कैद र रु. १५ लाख जरिवानाको सजाय सुनाएको थियो । तर, अभियुक्त लुइँटेल अदालतले सजाय सुनाएपछि फरार थिए । प्रहरीले मंगलबार जिल्ला अदालत मोरङमा बुझाएपछि अदालतले अभियुक्त लुइँटेललाई जेल चलान गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban