जेठ ४ भित्रै स्थानीय तहको चुनाव हुनुपर्छ : एमाले अध्यक्ष ओली

रातोघर

 २०७८ माघ २०, बिहिबार  मा प्रकाशित
३३१ पाठक संख्या


काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव जेठ ४ गतेभित्रै हुनुपर्ने बताएका छन् । आज बुधवार भक्तपुरको गठ्ठाघरमा रहेको एक पार्टी प्यालेसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमै स्थानीय तहको चुनाव हुनुपर्ने बताएका हुन् ।

सरकार संविधान कार्यान्वयन, सङ्घीयताको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासमा लाग्नुभन्दा सत्ता स्वार्थमा केन्द्रित रहेको आरोप लगाउँदै उनले कानुन एवम् संविधानअनुसार फागुनभित्र चुनाव गर्न एमालेले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नगरेको बताए ।

यस्तै ओलीले कोरोना भाइरसविरुद्धको २४ लाख मात्रा खोप हराउनु सरकारको गम्भीर लापर्बाही भएको भन्दै छानबिन पनि नहुनु दुर्भाग्य भएको टिप्पणी गरे । ।

एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय तह चुनावको मिति तत्काल घोषणा गर्न माग गरेको छ । बैठकपछि सञ्चारकर्मीलाई बैठकको निर्णयबारे जानकारी दिँदै एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले स्थानीय तहको मिति भोलि बिहीवारसम्म नतोके सातै प्रदेश र केन्द्रबाट दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban