बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना, ६ जनाको मृत्यु

रातोघर

 २०७८ माघ २२, शनिबार  मा प्रकाशित
६४८ पाठक संख्या


२२ माघ, काठमाडौं । प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

बेहुली लिएर फर्किंदै गरेको ग१ज ५०९२ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र ७ जना घाइते भएको डिएसपी सत्यनारायण थापाले जानकारी दिए । मृतक र घाइतेको सनाखत भइसकेको छैन ।

जिप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्किंदै गर्दा शनिबार बिहान ३ बजे दुर्घटना भएको डिएसपी थापाले बताए । सदरमुकामभन्दा टाढा भएकोले घटनाको सबै विवरण आइनसकेको उनको भनाइ छ ।

घाइतेहरूलाई जिल्ला अस्पताल लिइएको डिएसपी थापाले बताए । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको जानकारी पाएको उनले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban