

हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्रमा हिउँ खेल्ने क्रममा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नंबर ५ सिम्पानीमा हिउँ खेल्ने क्रममा एकजनाको मृत्यु भएको खबर आएको जनाएको छ ।
घटनाको विषयमा कार्यालयका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले अहिले घटनास्थलमा फाखेलबाट प्रहरी टोली परिचालन गरिएको र टोली घटनास्थलमा पुग्दै गरेको बताए । घटनास्थलमा प्रहरी पुगेपछि थप जानकरी आउने उनको भनाई रहेको छ ।





Write your Comment