रातोघर मिडिया नयाँ ब्यवस्थापनमा संचालन, सिमरा बिजनेस सेन्टरमा कार्यालयको उद्घाटन्

रातोघर

 १८ चैत्र २०७८, शुक्रबार १९:१४  मा प्रकाशित
११२० पाठक संख्या



१८ चैत्र, सिमरा ।

बाराको जीतपुरसिमराबाट सञ्चालनमा रहने गरी रातोघर मिडिया प्रा.लिले शुक्रवार एक कार्यक्रमको आयोजना गरी आफ्नो कार्यालय समुद्घाटन सम्पन्न गरेको छ ।

प्रा.लि.का अध्यक्ष राजन उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीले रिबन काटेर कार्यालयको उद्घाटन गरेका थिए ।

प्रमुख अतिथी तिवारीले मिडियाहरुमा आएको बिकृतीले आम सञ्चार दुगन्धित हुदै गएको बिषयमा आएका सुझावहरु प्रति महासंघ गम्भिर रहेको बताए । आम सञ्चार पछिल्लो समय डिजिटल प्लेटफर्ममा केन्द्रित भएको र सोको नियन्त्रण र नियमनको लागि सरकारलाई समेत चुनौती रहेको बताए ।

सरकारले पछिल्लो समय ल्याएका संसोधित नियमावलीले केही हदसम्म कानुनी दायरा फराकिलो भएता पनि कार्यन्वयनमा भने अझै समस्या रहेको तिवारीले बताए ।

आमसञ्चार क्षेत्रको बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ सिमराका ३ सफल ब्यवसायी राजन उप्रेती, सुदिप लामा वाईवा र सुदिप रिमालको संयुक्त लगानीमा मिडिया हाउसले आजबाट औपचारिक कार्यको सुरुवात गरेको हो । २०७५ देखी संचालनमा आएको रातोघर यसअघि एकल स्वामित्वमा थियो भने आजबाट संयुक्त तिन ब्यवसायीको साझा स्वामित्वमा संचालनमा आएको हो ।

सिमरा बिजनेश सेन्टरको परिसर भित्र कार्यालय रहने यस मिडिया प्रा.ली.ले मोफसलबाट छुट्टै पहिचानका साथ आमसंचारलाई दरिलो बनाउन र जनताको सुसुचितको अधिकारलाई टेवा पुर्याउन कुने कसर बाँकी नराख्ने अध्यक्ष उप्रेतीले बताए ।

प्रा.लि.ले स्वाबलम्बी साप्ताहिक पत्रिका, रातोघर अनलाइन टि.भी. र www.ratoghar.com मार्फत डिजिटल संचार माध्यमको शुरुवात एउटै छानाबाट सञ्चालन गर्ने गरी आजबाट कार्यालयको औपचारिक सुरुवात गरेको हो ।

कार्यक्रममा मधेस प्रदेश सभा सदस्य शोभा लामा, सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाँई, नेकपा एकिकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य दिनेश राई, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य क्षेत्र बहादुर श्रेष्ठ अनिल,नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य राजन पौडेल,बरिष्ट पत्रकार प्रकाश लम्साल लगायतले सुभकामना मन्तब्य राखेका थिए । पत्रकार सुनिल गाँउलेले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रा.लि.का संस्थापक अध्यक्ष कृष्ण सिग्देलले स्वातग मन्तब्य राखेका थिए ।

सिमरा बिजनेस सेन्टरका संचालक समेत रहेका उप्रतीको आजकै दिन जन्मदिन समेत परेकाले सोही अवसर पारेर कार्यक्रम आयोजना गरिएको प्रा.ली.का कार्यकारी सम्पादक वेद प्रसाद भट्टले जानकारी दिए । कार्यक्रममा नवबर्ष २०७९को शुभकामना आदनप्रदान समेत गरिएको थियो ।


Write your Comment