विराटनगरको नोबेल अस्पतालमा कार्यरत चिकित्सक मृत भेटिए

रातोघर

 २०७८ चैत्र १९, शनिबार  मा प्रकाशित
३५५ पाठक संख्या


१९ चैत, विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक मृत भेटिएका छन् । सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भई विराटनगर बस्दै आएका २७ वर्षीय विजय यादव मृत भेटिएका हुन् ।

उनी नोबेल अस्पतालको हाडजोर्नी तथा नशा रोग विभागमा मेडिकल अफिसरका रूपमा कार्यरत थिए । उनी विराटनगर–४ स्थित प्रेम बस्नेतको घरको दोस्रो तलमा डेरामा बस्दै आएका थिए ।

डेरा बसेको घरको कम्पाउण्डभित्र नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा यादवको शव फेला परेको प्रहरीले बताएको छ । नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार यादवको शव देखेपछि स्थानीयले शनिबार बिहान प्रहरी र अस्पताललाई घटनाको जानकारी गराएका थिए ।

मृतकका आफन्तले हत्या भएको आशंका गरेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban