पाँच दिनदेखी हराएका बालकको शव छिमेकीकाे सेप्टिट्यांकीभित्र भेटियाे

रातोघर

 २०७८ चैत्र २४, बिहिबार  मा प्रकाशित
४८५ पाठक संख्या


सर्लाही । केही दिनदेखि हराइरहेका एक १० वर्षीय बालकको शव सेप्टिक ट्यांकीभित्र फेला परेको छ ।
१० वर्षका आकाश ठाकुरकाे शब रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मलंगवा नगरपालिका वडा नं १२ गम्हरियाका ठाकुर गत ५ दिनदेखि सम्पर्कविहीन थिए ।

प्रहरीका अनुसार उनको शव आज बिहान छिमेकी जगदीश ठाकुरको घरसँगै रहेको शौचालयको सेप्टिक ट्यांकीभित्र भेटिएको हो । शवलाई बोराभित्र हालेर उक्त ट्यांकीमा फालिएको प्रहरीको भनाइ छ ।

प्रारम्भिक अनुसन्धानबाट बालकको हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ । शंकास्पद लागेपछि प्रहरीले छिमेकी जगदीश ठाकुरसहित ७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

मृतक बालक यही चैत २० गते सोही गाउँमा आयोजना गरिएको भोज खान जाँदा सम्पर्कविहीन भएका थिए

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban