चन्द्रपुरका नगर प्रमुख चौधरीले फिर्ता गरे गाडी

रातोघर

 २०७८ चैत्र २८, सोमबार  मा प्रकाशित
४३८ पाठक संख्या


रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले आफु चढदै आएको सरकारी सवारी साधन सोमबार नगरपालिकालाई बुझाएका छन् । निर्बाचन आचारसहिता लागु भएपछि नगर प्रमुख चौधरीले सोमबार सुविधा बापत लिएको सबारी साधन फिर्ता गरेका हुन् ।

चन्द्रपुर नगरपालिकाका प्रमुख चौधरीले चढदै आएको प्रदेश ३ ०१ ००२ झ ४९५९ नम्बरको कम्पास गाडी फिर्ता गरेका थिए । सो गाडीको चाबी नगरपालिकाका सुचना अधिकृत राजेश सागरलाई नगर प्रमुख चौधरीले हस्तान्तरण गरेका थिए ।

नगर प्रमुख चौधरीले आउदो बैशाख महिना देखि नगरपालिकाको कुनैपनि सेवासुबिधा नलिने बताएका छन् । स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुने र निर्वाचन आयोगले आचारसहिता जारी गरेको अवस्थामा आफुले सेवासुविधा लिन उपयुक्त नहुने भएकाले सबै सेवा सुविधा नलिने उनले बताए ।

आफु निर्वाचित भएपछि चन्द्रपुर नगरपालिकाका बिभिन्न स्थानमा गरी ८० किलोमिटर सडक कालोपत्रे र ४० किलोमिटर ढलान सडक निर्माण गरेको नगर प्रमुख चौधरीले जानकारी दिए ।

पर्यटनको क्षेत्रमा नुनथर र शहिदर्पाकमा शौन्दर्यकरण गरेको उनको भनाई थियो । कार्यपालिकामा अल्पमत भएपनि नगरसभा तोकिएकै समयमा गरेर आफुले विकासका योजना छनौट गर्न सकेको उनको भनाइ रहेको छ । चाहेजती काम गर्न नसकेपनि चन्द्रपुरको मुहार परिवर्तन गर्न सकिएको उनको दाबी छ ।

यता गौर नगरपालिकाका जनप्रतिनिधिहरुले भने शुक्रबार नै सवारी साधन फिर्ता गरिसकेका छन् । गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता सहित वडा अध्यक्षहरुले सवारी साधन फिर्ता गरेका हुन् । अन्य पालिकाहरुले भने अझै सम्म सवारी साधन बुझाएका छैनन् । रौतहटमा २ गाउपालिका र १६ नगरपालिका सहित १८ वटा स्थानिय तह रहेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban