सिमरामा समता घरेलु लघुवित्त वित्तीय संस्थाको गोष्ठी कार्यक्रम सम्पन्न

रातोघर

 २०७९ बैशाख १५, बिहिबार  मा प्रकाशित
१४८७ पाठक संख्या


बैशाख१५, मनिका पाठक / बाराको सिमरामा समता घरेलु लघुवित्त वित्तीय संस्था लि.ले लघुवित्त क्षेत्रमा आएको समस्याको बारेमा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।  । समता घरेलु लघुवित्त वित्तीय संस्था लि. ले बार्षिक केन्द्र प्रमुख गोष्ठी जितपुरसिमरा उपमहानगरपालिका सिमरामा आयोजना गरेको हो।

संस्थाको केन्द्रीय कार्यालय बनेपामा रहेको छ। गोष्ठी कार्यक्रमको संञ्चालन कार्यलय साहायक शंकर पराजुलीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि संस्थाकी अधिकृत सुजिता तमाङको रहेको, अध्यक्ष यादब कुमार श्रेष्ठ र सभापतिमा इन्द्रेणी वाइवा रहनु भएको थियो।

उक्त संस्थाको साखा प्रमुख रोहित विक्रम शाह रहेका छन। कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका भलोही वडा नं २३ को  केन्द्र नं. १०० बाट मोविना खातुनलाई अत्याधिक वचत कर्ताको रुपमा नगद रु २००० का साथै सम्मान पत्रले पुरस्कृत गरिएको थियो।

तेसैगरी केन्द्र नं. २११ बाट अध्यक्ष संगीता देवी,केन्द्र नं.१६४ बाट अध्यक्ष सीता देवी खड्का, केन्द्र नं. २४० बाट अध्यक्ष सिकेन्द्री देवी चौधरी, केन्द्र नं. २१३ बाट अध्यक्ष निसा तामाङ र केन्द्र नं.२१९ बाट अध्यक्ष पानमति देवीलाई सम्मान गरिएको थियो। कार्यक्रम सिमरा स्थित अ’न्यू होटलमा सम्पन्न गरिएको थियो । (फोटो – निखिल थपलिया )


Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban