राप्रपाका अध्यक्ष राजेन्द्र राजेन्द्र लिङदेन र रेखा थापा भोली सिमरा आउदै

रातोघर

 २०७९ बैशाख १९, सोमबार  मा प्रकाशित
११३६ पाठक संख्या


बैशाख१९,सिमरा स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सिमरा आउदै छन् । राप्रपाका अध्यक्ष लिङदेनले भोलि मंगलवार विहान ८ बजे सिमरा चोकमा बृहत भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जीतपुरसिमरा उपमहानगरपालिकाको उपमेयरकी उमेदवार सुश्मा मिश्रले बताईन् ।

त्यस्तै भोलीनैं चर्चित अभिनेत्री तथा राप्रपाकी महिला नेतृ रेखा थापा पनी आउने कार्यक्रम रहेको मिश्रले बताईन् । देश ब्यापीरुपमा नयाँ शक्तिको रुपमा उदायको राप्रपाले पछिल्लो समय बारा पर्सामा राम्रो उपस्थितीमा जनाउन सफल भएको छ ।

मिश्रले जीतपुरसिमराको सबै वडाहरु र मेयर उपमेयरमा आफुहरुले जित्ने दाबी गरेकी छिन् । जनताले परिर्वतन खोजेका छन् अवसर पाएर पनी त्यो परिर्वतन पुरानाले गर्नसकेन त्यसैले जनताले राप्रपालाई परिर्वतनका लागि जिताउनेमा आफुहरु थक्क रहेको मिश्रको भनाई छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban