तिन ठुला दलको बाकस रित्तो बनाईदिनुस् – राजेन्द्र लिङ्देन

रातोघर

 २० बैशाख २०७९, मंगलवार १८:५६  मा प्रकाशित
९४९ पाठक संख्या



सिमरा, २० वैशाख । राप्रपाका अध्यक्ष राजेद्र लिङ्देनले काग्रेस, एमाले, माओबादी लगाएतका दलले नेपाललाई आर्थिक रुपमा श्रीलंका जस्तै टाट पल्टाउने अबस्था ल्याएको बताउनुभएको छ ।बाराको सिमरामा राप्रपा नगर समितीद्धारा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै लिङदेनदेनले देश टाट पल्टने अबस्था बन्दैगर्दा ठुला दलले गल्ती सच्याउन नसक्ने अबस्थ बनेपछि बिकल्पका रुपमा राप्रपा नेपाल नेपाली जनता सामु आएको बताए ।

सभामा उपस्थित समुदायलाई लिङ्देनले आगामी च्ुानाबमा काग्रेस, एमाले र माओबादीका नेतालाई कालोमोसो, ढुगांमुढा नगरी उनिहरुको चुनाब चिन्हको बाकस रितो बनाई सजाय दिन अपिल गर्नुभएको थियो ।

नेपाली जनता गाईबस्तु होईनन् भन्ने प्रमाणीत गर्न समेत बाकस रितो बनाउनुपर्ने उहाँले धरणा राख्नुभयो । सभामा राप्रपाका केन्द्रिय सदस्य तथा जितपुर सिमरा उपमहानगरको उपमेयरका उम्मेदबार सुस्मा मिश्रले जनतालाई आश देखाउने ठुला दलका नेताले आफै गास भर्ने परिपाटीको अन्त्य गर्न राप्रपा नेपालले मात्रै सक्ने बताईन ।

कार्यक्रममा प्रदेश क का नेता रामचन्द्र न्यौपाने, लिला देबान, जीतपुरसिमरा मेयर उम्मेदवार माधव त्रिपाठी, उपमेयर उम्मेद्वार शुस्मा मिश्रा, वडा नम्बर १ का उम्मेदवार धिरज पुडासैनी लगाएतका नेताले मन्तब्य राख्नुभएको थियो ।

Write your Comment