

सिमरा, २० वैशाख । जितपुर सिमरा उपमहानगरको चुनाबी गठबन्धन द्धारा आयोजीतकोण सभा र घरदैलो कार्यक्रमले जनमत ब्यापक बनाउदै लगेको छ । गठबन्धनका साझा उम्मेदवार संयुक्त प्रस्तुत हुने कोण सभा र घर दैलोमा नेता कार्यकर्ता बाहेक स्थानीयले समेत उत्साहजनक सहभागीता जनाए पछि जनमत ब्यापक बन्दै गएको हो ।
मंगलबार नगरको टागीयाबस्तिमा भएको कोणसभा र घर दैलो कार्यक्रममा पार्टीका नेता कार्यकर्ता बाहेक स्थानीयले समेत उत्साह देखाए गठबन्धनमा अकै खुसि थपिएको काग्रेसका क्षेत्रीय अध्यक्ष सुमन भटराईले बताए । उनले यो प्रकारको जन सहभागीता गठबन्धनका उम्मेदवार प्रती जनमत बढदै गएको प्रमाण रहेको बताए ।
आफ्नै पालीकामा स्थानीय सरकार संग नागरीकले घुस दिएर काम लिनु पर्ने अबस्था प्रति स्थानीय मतदाताले घर दैलोमा उम्मेदबारहरु संग दुखेसो पोखेका थिए । सोही दुखेसोलाई लिएर आयोजीत कोण सभामा सम्बोधन गर्दे मेयरका उम्मेदबार राजन पौडेलले बिगतमा जितेर मेयर साहेब बन्दै गर्दा सेबाग्राहीले आफ्नै अड्डामा घुष दिएर काम गराउनु पर्ने परम्परा अब नगरपालीमा अनत्य गर्न आफु सक्षम रहेको बिश्वास दिलाउदै गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरेका थिए ।
श्रोत र साधनले सम्पन्न उपमहानगरमा भ्रष्टाचारको खुला चित्र प्रत्येक नगरवासीले प्रष्ट देखेको हुदा आफुहरुले फरक तस्बिर नगरवासीलाई प्रस्तुत गर्ने युबा उम्मेदवार गठबन्धनले आफुहरुलाई उभ्याएको हुदा मतदान गर्न उपमेयरका उम्मेदवार मेघा शाहीले सभामा स्थानीयसंग आग्रह गरेकी थिइन् ।
स्थानीय राम बहादुर लामाले दुईटा पार्टीका फरक – फरक उम्मेदवारले जिते भने भ्रष्टाचार पहिले जस्तो नहुने र एकै पाटीका उम्मेदवार भन्दा राम्रो हुने बिश्वास गठबन्धनले देखाएको बताए ।
कर्यक्रममा संबिधान सभा सदस्य जयराम दाहाल, काग्रेसका नगर अध्यक्ष छबी शर्मा लगाएतले गठबन्धनको औचीत्य मेलमिलाप रहेको हुदा यस पटक नगरवासीले गठबन्धनमा मतदान गर्नेमा आफुहरु बिश्वस्त रहेको बताए ।





Write your Comment