‘जीतपुरसिमरा १४ मा माओबादी बलियो’

रातोघर

 २०७९ बैशाख २३, शुक्रबार  मा प्रकाशित
५१९ पाठक संख्या


सिमरा ।

जीतपुसिमरा १४ मा माओवादीका उम्मेद्वार भरत भण्डारी बलियो प्रत्यासीका रुपमा हेरिएको छ ।

एमाले पार्टी फुटेसंगै बनेको नेकपा समाजबादी, रुष्ट बनेका एमाले कार्यकर्ताको राप्रपा प्रबेश र अघिल्लो निर्बाचनमा माओबादीका उम्मेदबारले करीब तिन सय मतले जीत हात पारेको आधार लगाएत स्थानियको जनमत्का आधारमा माओबादी बलियो देखीएको वडाबासीको भनाई छ ।

‘हामीले जितेपछि वडाको न्युनतम आबश्यकतादेखी बिकासका पुर्वाधार निर्माणमा जनताको प्रत्यक्ष सहभागीता गरायौ, त्यो नै हाम्रो उम्मेदबार जित्ने थप आधार हो’ माओवादी नगर अध्यक्ष प्रेम बरालले भने, ‘एमाले आफै फुटेको र भएका कार्यकर्ता समेत जोगाउन नसकी धमाधम अरु पार्टिमा प्रबेश गर्न थालेपछि हामी बलियो भएका हौ ।’

वडामा अघिल्लो स्थानिय तहको निर्वाचनमा अध्यक्ष जितेको नेकपा माओबादीले आफ्नो कार्यकालमा उल्लेख्य बिकासका कार्यहरु गरेको र गठबन्धन काँग्रेसले समेत माओबादीको समर्थन गरेकोले पनी यो दोश्रो नेतृत्व माओबादी कै हुने स्थानिय कार्यकर्ताको जिकिर छ ।

उता, नेकपा एमालेले भनै महिला उम्मेदवारलाई अघि सारेको छ । सम्भवतः नगरको एकमात्र महिला वडा अध्यक्षको उम्मेदवार बनेकी चइन मगर पनी आफुले चुनाब जित्नेमा ढुक्क छिन् ।

उनलाई वडाबाट सर्वसम्मत सिफारिस गरेको एमालेले यो पटक माओबादीको नेतृत्वलाई पाखा लगाउने गरी घरदैलोमा सकृय छ ।

घरदैलो अभियानलाई शसक्त पारेको एमालेले प्रदेश र केन्द्रतहकै नेता कार्यकर्तालाई घरदैलोमा उतारेर आफ्नो पकड बलियो बनाउने दाउमा छन्भने गठबन्धन सहितको माओबादी उम्मेदवार भण्डारीले एमालेले जुनसुकै शक्ति प्रयोग गरेपनी जनताले माओबादीकै नेतृत्व खोजिरहेको दाबी गर्छन् ।

समाजमा राम्रो छवी बनाएका भण्डारीसंग एमाले मुख्य प्रतिस्पर्धामा छ भने राप्रपाबाट अध्यक्षका उम्मेद्वार दिपक दहालपनी चुनाबी घरदैलोमा ब्यस्त छन् । यस्तै एकिकृत समाजवादीको पनी राम्रो प्रभाव देखिएको वडामा प्रतिस्पर्धा भने दुई ठुला दलकै छ ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban