

सिमरा २४ बैशाख, जितपुर सिमरा ३ का वडा अध्यक्ष प्रत्यासी जगन्नाथ घिमीरेले आफनो जित्ने आधार आफनै प्रतिस्पर्धी उम्मेदवारहरुको परिचय रहेको बताएका छन ।
प्रतिद्धन्दीहरुको फरक -फरक परिचय नै आफनो जितको बलियो आधार भएको जगन्नाथ घिमीरेले बताएका छन् ।
माओबादीबाट उम्मेदवार बनेका घिमीरेले घरदैलो गर्दै गर्दा यस पटक आफनो कोही प्रतिस्पर्धी नभएको बताउदै कोही कमाउन वडामा पर्यटक बनेर आएको र कोही मौसम अनुसार रुप रंग फेरी रहने प्रत्यासी भएकाले आफुनै जित्ने बलियो आधार त्यहि रहेको बताए ।
जनताको मत र संगठनको बल समेत आफु संग रहेकोमा ढुक्क बनेका घिमीरेले यस पटक वडाबासीले मत खेर नफाल्ने बिश्बास राखेका छन ।आफनै पार्टीको अस्तित्ब बलियो रहेको दाबी गरी गठबन्धन भत्कीएको उक्त बडा बामपन्थि कार्यकर्ताहरुको बर्चस्ब रहेको छ ।
यस अघि माओबादीका उनै घिमीरेले वडा अध्यक्षमा जित हात पारेका थिए । एक स्थानीयले माओबादीसंग प्रतिस्पर्धिमा रहेका दलमा टिकट बितरणको चरम असंतुष्ठि पछि बढेको अन्तरद्धन्द्ध नै घिमीरेले जित्ने अर्को आधार रहेको बताए । नेपाली काग्रेसले दिनेश सुबेदी, एमालेले तारा बहादुर कार्कीलाई वडा अध्यक्षमा उम्मेदवार सारेको छ ।





Write your Comment