७ नंम्वर वडाको बिकल्प मै हु – सुनिल गुप्ता

रातोघर

 २०७९ बैशाख २४, शनिबार  मा प्रकाशित
१००० पाठक संख्या


सिमरा २४ बैशाख, जितपुर ७ का वडा अध्यक्ष प्रत्यासी सुनिल गुप्ताले जन्म दिनको अवसरमा एक कार्यक्रममा बोल्दै वडामा आफनो बिल्कप नभएको बताएका छन । पदमा नहुदा जनताको सेबा नगर्ने, चुनाबमा भोट माग्न आउने फेरी हारे पछि बेपता हुने देखेका, बुझेका बडाबासी माझ आफनो बिकल्प नभएको उनले बताए ।

स्थानीय राम किशोर कलबारले सुनिल गुप्ता पदमा नहुदा पनि समाज सेवा गर्ने युवा हो । अरु जस्तो हारे पछि गाउ टोलमा फर्केर नआउने होईन। हामीले चिनेका छौ, यो पटक टोलबासीको सहयोग सुनिललाई रहने बताए ।

अघिल्लो निर्बाचनमा झिनो मतले पराजीत बनेका गुप्ता बिगत ५ बर्ष जनताकै सेवामा बिताए । उनले यस बिच कोरोनाको महामारीमा सयौ घरमा चामल र दाल आफैले बोकेर घर दैलोमै पुरयाएका थिए । बिपतीमा साथ पाएका सयौ स्थानीयले सुनिल पक्षमा उपस्थिती जनाएका छन ।

कोरोनामै पिता गुमाएका सुनिलले समाजसेबा जारी राखे पछि बडा नम्बर ७ जितपुरमा सुनिल गुप्ताको बिकल्प नभएको हो ।घर दैलोमा ब्यापक सर्मथन बटुलेका गुप्ता उत्साहीत हुदै अब वडामा आफु बाहेक अरु बिकल्प नभएको बताए ।

मिश्रति समुदाय रहेको उक्त वडामा उपमहानगरकै बाणीज्य केन्द्र जितपुर बजार रहेको छ । उक्त वडामा काग्रेसले यस अघि जित हात पारे पनि जनताको सामान्य सेबा बाहेक जितपुरलाई फोहर मुक्त लगाएतका देखीने काम गर्न नसके पछि वडामा ब्यापक आलोचना रहेको छ । काग्रेस मुगले आजम मंसुर, जनता समाजवादीबाट जय प्रकाश यादव, लोसपा राजुराज गिरीले वडा अध्यक्षमा उम्मेदवारी दिएका छ्न् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban