जीतपुरसिमरामा एमालेको नेता सहित ४ जनाले वालिकामाथी सामुहिक बलात्कार गरेको आरोपमा पक्राउ

रातोघर

 २०७९ बैशाख २४, शनिबार  मा प्रकाशित
४८२५ पाठक संख्या


सिमरा, २४ वैशाख, जीतपुरसिमरा वडा नं.१ मा १२ बर्षिय वालिका माथि सामुहिक बलात्कार गरेको आरोपमा नेकपा एमालेका एक नेता सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेकपा एमाले पार्टीको वडा नं.१ को दश धुरे टोल कमिटी अध्यक्ष समेत रहेका ५० बर्षिय मान बहादुर लामा सहित अर्का ५० बर्षिय पुरुष र २ जना १६ बर्षका नाबालकलाई प्रहरीले हिजो शुक्रवार ५ बजेको समयमा नियन्त्रणमा लिएको हो ।

मान बहादुरले ललाई फकाई ति वालिकालाई आफ्नै घरमा बोलाएर करणी गर्ने क्रममा स्थानियले देखेपछि यो घटना बाहिर आएको हो । घटना स्थलमा पुगेका एक स्थानियका अनुसार गाँउको एक बालकले करणी भएको देखेपछि गुहार मागेको सुनिए पछि आफुहरु घटना स्थलमा पुगेको बताए ।

कार्यक्रममा सहभागी भएर फर्केका लामा सहित चारै जनालाई स्थानियले करिब ४:३० बजेको समयमा रंगेहात समातेका थिए । घटनास्थलमा स्थानियले लामा माथि कुटपिट समेत गरेका थिए । लामा मन्दिर ब्यवस्थापन समितिको पुर्व अध्यक्ष समेत हुन् ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक राज किशोर साहले चारैजनालाई प्रहरीले नियन्त्रणमा लिएको र हिरासतमा राखेर अनुसन्धान गर्ने काम भैंरहेको बताएका छन् । लामा नेकपा एमाले पार्टीको कुनैपनी जिम्मेवारीमा नरहेको र उनी पार्टी सर्मथक मात्र रहेको एमालेका वडा नं.१का वडाध्यक्षका उमेदवार हिरा बस्नेतले बताएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban