

सिमरा, २६ वैशाख ,आर्थिक नगरी जीतपुरसिमरा उपमहानगरमा नेकपा एमालेको बिरुद्धमा लागेको ५ दलको गठबन्धनले एमालेलाई कमजोर बनाएको छ । नेकपा एमालेले मेयरको उम्मेद्वारमा पुरानै अनुहारलाई दोहोर्यानुले पनी गठबन्धनलाई सहज बनेको हो ।
उपमहानगरपालिकामा प्रमुख पदका लागि एमालेका करिब एक दर्जन आकाङ्क्षी थिए । अन्तिममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्तक्षेपमा उपमहानगर प्रमुखमा सरस्वती चौधरीले टिकट पाएकी अन्य दाबेदारको भनाइ छ । चौधरी एमालेको दसौँ महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा समेत मनोनीत भएकी छन् । उनी निवर्तमान उपप्रमुख पनि हुन् ।
एक कार्यकाल उपमेयरमा निर्वाचित भएकी सरस्वती चौधरीमाथी नगरमा चौतर्फी अनियमित्ताको आरोपहरु छन् । अहिले उनलाई आफ्ना योजना र प्रतिबद्धताहरु सुनाउनु भन्दापनी आफ्ना कमजोरीको प्रतिरक्षा गर्नुमै सक्स भइरहेको छ । कतिपय एमाले नेता कार्यकर्ताले पनी चौधरीलाई दोहोर्याउन नहुने तर्क गरिरहेको अवस्थामा बिभिन्न असफलताको आरोपहरु बोकेर उनी उम्मेद्वार बनिन् ।
स्थानिय तहको निर्वाचन २०७४ मा उपमेयर सहित मेयरको नेतृत्व सम्हालेको नेकपा एमालेले पहिलो कार्यकाल बिभिन्न अनियमित्ताको आरोप र अलमलमा बितायो । एक कार्यकालको अवधीपछी मेयर डा. कृष्ण पौडेलले दोश्रो पटक उम्मेद्वार बन्ने हिम्मत गर्न सकेनन् तर उपमेयर भने मेयर बन्ने दाउमा संगठनलाई दबाब सृजना गरी टिकट हात पारिन् ।
सडक, नाला र सामान्य बिकासका पुर्वाधानमा ध्यान केन्द्रित गरेको उपमहानगरले ठुला आयोजनामा बजेट ब्यवस्थापन गर्न सकेन । सडक र नालापनी अवैज्ञानिक तवरले निर्माण गर्नु उसको पहिलो कार्यकाल र नविन अनुभवहरुको समेत अभाव रहयो ।
चौविस वडा रहेको उपमहानगरको १० वटा वडा नेकपा माओबादीले नेतृत्व सम्हाल्न सफल भयो । सात वडामा एमालेले जित निकाल्दा मेयरका उम्मेदवार डा. कृष्ण पौडेलको ‘पपुलर भोट’ ले उपमहानगरको नेतृत्व आफ्नै पोल्टामा पर्यो ।
उतीबेलैपनी डा. पौडेलको र उपमेयर सरस्वती चौधरीको गुट फरक पर्यो । परिणाम स्वरुप मेयर र उपमेयरको तालमेल मिल्न सकेन । कार्यपालीका बोर्डमा पनी मतमतान्तर चलिरहयो । ठुला आयोजनामा सहमती जुटाउन नसकिने नजिरहरु प्रसस्तै बने । मेयर डा. पौडेलले अघि सारेका र कार्यान्वयन गर्न सकिने कतिपय आयोजनाहरुमा पनी पुर्वाग्रहपुर्वक डा. पौडेललाई असफल बनाउने खेलमा आफ्नै पार्टी लाग्यो ।
चौधरीकै कार्यकालमा जीतपुरसिमरा उपमहानगर देशभरमै भ्रष्टाचारमा पहिलो स्थानमा, कार्यसम्पादन मूल्याङ्कनमा ७५३ पालिकामध्ये अन्तिमबाट दोस्रो अर्थात ७५२ स्थानमा परेको थियो । चालु आर्थिक वर्षमा पाँचौँ नगरसभाबाट उपमहानगरले सम्पत्ति करमा एकैपटक हजार प्रतिशतले वृद्धि गरेको छ ।
राजस्व परामर्श समिति संयोजकसमेत रहेकी चौधरीकै कार्यकालमा २ वर्ष पुरानो खोलाजन्य पदार्थ उत्खनन् ठेक्का बापतको ८ करोड २० लाख ५१ हजार आन्तरिक राजस्व अझै उठाउन सकेको छैन ।करिब २ वर्षको नगर सभा सम्पन्न हुन नपाउँदै डा. पौडेलमा उत्साह मर्दै गयो ।
प्राय आयोजनाहरुमा उपमेयरको नेतृत्वले काम अघि बढ्न थाल्यो । तर महानगरले बिभिन्न नकारात्मक सुचकहरुले कार्यबिधि धमिलिँदै गयो । बेरुजुका चाङ, अख्तियारमा उजुरी, देशका अन्य स्थानिय तहको तुलनामा कमजोर, करवृद्धिमा अस्वभाविक निर्णय, गिट्टी, ढुङ्गा, बालुवा उत्खनन् ठेक्का बापतको राजस्वमा बिवाद लगाएतका कामहरुमा उनमहानगरले बद्नामी बेहोर्नु पर्यो ।
अहिले उही अनुहार जनताको घरदैलोमा पुग्दा सन्देश लिएर जाने र प्रतिबद्धता बोक्ने ठोस् आधार एमालेलाई भएन । महिला र मधेशी नेतृत्वको नारा अहिले उपमहानगरको प्रमुख नारा हो । निर्वाचनमा गठबन्धनकै बराबरीमा आंकलन गरिएपनी एमाले नेतृत्वलाई प्रमुख पद्मा सहज् देखिदैन ।
तर, एमालेबाट उपमेयरको उम्मेदवार बनेका भोला अधिकारी भने नगरको परिचित अनुहार हो । पुर्व गाबिस अध्यक्ष लगाएत बिभिन्न जिम्मेवारीमा रहेर नेकपा एमालेमा लामो राजनैतिक अनुभुती बाकेका अधिकारीलाई भने गठबन्धन भत्काउन सक्ने शक्तिका रुपमा हेरिएको छ । गठबन्धनमा उपमेयरको नयाँ अनुहार र कम सामाजिक प्रभावले पनी एमालेको उपमयेरको उमेद्वारलाई बलियो रुपमा हेरिएको छ ।
यता ५ दलको साझा गठबन्धन भनिएपनी प्रतिस्पर्धा र जनआधारमा दुई ठुला दल काँग्रेस र माओवादी नै देखिन्छन् । माओवादी केन्द्रले प्रमुख पाएको जीतपुरसिमराबाट राजन पौडेललाई उम्मेद्वार बनाएको छभने उपमेयरमा काँग्रेसबाट मेघा साही बनेकि छिन् । पौडेल अघिल्लो पटकको निर्वाचनमा पनी प्रतिस्पर्धी हुनभने साही बिद्यार्थी राजनितीबाट आएकी र कानुनकी बिद्यार्थी समेत हुन् । अहिले गठबन्धन्ले प्रतिबद्धता सुनाउँदै घरदैलामा छ ।
२४ वडाहरुमा ७ वडामा वर्चस्व रहेको एमोलेले यो पटक भने वडा तहमा दोब्बर बर्चस्व बनाउने दाउमै छ । किनकी मेयर उपमेयरमा तालमेल मिलाएको काँग्रेस र माओवादीले वडा तहमा छुट्टा छुट्टै उम्मेदवारलाई अगाडी सार्यो ।
परिणाम स्वरुप प्रमुखमा संगै चुनाबी अभियानमा हिँडेको गठबन्धन अधिकांश वडा तहमा भने प्रतिस्पर्धामै छन् । उपमहानगरको प्रमुखमा १३, उपप्रमुखमा ६ सहित विभिन्न पदमा ८८९ जना प्रतिस्पर्धामा छन् ।





Write your Comment