एमाले मेयर उम्मेद्वार चौधरीले घरदैलोमा झुट्टा बिषय उठान गरेको प्रति आपत्ती

रातोघर

 २०७९ बैशाख २६, सोमबार  मा प्रकाशित
८४२ पाठक संख्या


सिमरा ।

जीतपुरसिमरा उपमहानगरपालीकाबाट नेकपा एमालेकी मेयर उम्मेद्वार बनेकी सरस्वती चौधरीले वडामा पुगेर जनतासामु झुट्टा बिषय उठान गरेको खुलेको छ ।
सोमबार जीतपुरसिमरा वडा नम्बर १७ मा नेपाली काँग्रेस र नेकपा माओबादीको संयुक्त चुनावी कार्यक्रमा सहभागी भएका स्थानिय मत्दाताले उपमेयरले घरदैलो कार्यक्रममा पुगेर जनतालाई झुक्याएको स्थानियको आरोप छ ।

वडा अध्यक्षले वडाको बिकासमा ध्यान नदिएको र सबै काम आफ्रैले गरेको भन्दै मेयर पदकी उम्मेद्वार चौधरीले वडा अध्यक्ष रहेका नवराज खड्काको बिरुद्धमा झुट्टा आरोप लगाएर भोट मागेको खुलेको हो ।

स्वास्थ्य चौकी निर्माण, प्रहरी चौकी ब्यवस्थाापन, सडक र नाला, सामुदायिक भवन्, बिजुली ब्यवस्थापन आदीको क्षेत्रका सबै आफैले गरेको भन्दै स्थानियलाई भ्रममा पारेको खड्काले बताए ।

यस्तै नेपाली कांग्रेसका जीतपुरसिमरा संस्थापक नगर सभापती तथा काँग्रेसका केन्द्रिय महासमिती सदस्य श्यामबाबु गुप्ताले गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गर्दै अब कुनैपनी शक्ति र झुट्टा प्रचारीबाजीले उपमहानगरको बिकासलाई रोक्न नसक्ने धारण राखे ।

उनले उपमहानगरले दुरदर्शी मेयर उम्मेद्वार पाएको भन्दै कांग्रेसले माओबादीको नेतृत्व स्विकार गरिसकेको धारण राखे ।

सोमबार चुनाबी सभालाई सम्बोधन गर्न वडामा पुगेका गठबन्धन उम्मेद्वार राजन पौडेल र मेघा साहीले नेकपा एमालेको गलत प्रचारको भ्रममा नपर्न आग्रह गरे ।

उपमेयर पदकी उम्मेद्वार मेघा साहीले  उपमेयरको नेतृत्व असफल भएको भन्दै कक्षा अनुतिर्ण भएको ब्यक्ति माथिल्लो कक्षामा पुग्न नहुने तर्क ब्यक्त गरिन् ।

उनले एमालेले झुटो प्रचार गरेपनी मतदाता सचेत भइसकेको र ३० गतेको निर्वाचनले एमालेले बास्तविक अवस्था थाहा हुने तर्क राखिन् ।
वडाको जैतापुर स्थित चुनावी सभामा गठबन्धनका सैयौँ नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban