एमालेका उम्मेदवारले ब्यापारी मार्फत चामल बाडेको आरोपमा शंकास्पद ब्यक्ति पक्राउ

रातोघर

 २०७९ बैशाख २९, बिहिबार  मा प्रकाशित
६०२ पाठक संख्या


वीरगन्ज,२९ बैशाख , वीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा बिहीबार मतदातालाइ प्रभावित पार्न चामल बाडेको आरोपमा एक जनालाइ प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरि छाडेको छ ।

वडा नम्बर २१ मा वडाअध्यक्षका एक उम्मेदवारको पक्षमा मतदान गर्न प्रलोभन दिदै चामलको कुपन बाडेको सुचना प्रहरीलाइ आएको थियो । त्यसपछि खटिएको प्रहरी टोलीले त्यहाबाट ती व्याक्तिलाइ नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको थियो ।

प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गर्ने क्रममा ती व्याक्ति चामलको व्यपारी रहेपनि उनले मतदातादलाइ चामल वा त्यसको कुपन बाडेको पुष्टि नभएपछि उनलाइ छाडिदिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले बताए ।

स्थानीयले भने एमालेबाट वडा अध्यक्षका उम्मेदवार हबीब मियाले मतदातालाइ प्रभावित पार्न ती व्याक्तिलाइ चामल बाड्न खटाएको आरोप लगाएका थिए । तर अनुसन्धानका क्रममा स्थानीयले आरोप लगाएको जस्तो कुनै प्रमाण फेला नपरेपछि सोधपुछ गरेर ती व्याक्तिलाइ छाडि दिएको प्रहरी नायव उपरिक्षक खनालले जानकारी दिए ।

नियन्त्रणमा लिएर छाडिएका ती व्याक्तिको परिचय खुलाउन आवश्यक नदेखिएकाले पहिचान गोप्य राखिएको खनालले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban