

बैशाख २९ बाग्लुङ ,निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । निर्वाचन स्वच्छ, मर्यादित र भयरहित हुनुपर्दछ् । बाग्लुङको बडिगाड गाउँपालिकामा एमालेबाट अध्यक्ष पदका उम्मेदवार राजन कुमार पाईजामाथि गए राती हातपात भएको छ। बुधवार रातको पौने १ बजे पाईजामाथि हातपात भएको प्रहरी स्व्रोतले जानकारी दिएका छ्न् ।
निर्वाचनको मौन अवधि चलिरहेकै समयमा निर्वाचनलाई प्रभाव पार्नेगरि बडिगाड गाउँपालिका एमालेको पार्टी कार्यालयमै सुतिरहेको अवस्थामा साङ्घातिक आक्रमण भएको हो ।
प्रहरीले म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नं १३ मा घर भएका २५ बर्षका एक पुरुष र बडिगाड गा पा वडा नं. ५ न्वार निवासी २३ बर्षका एक पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।
अध्यक्ष पदका उम्मेदवार पाईजाका अनुसार ६ वटा बाईकमा करिब १२ जना जति धारिलो हात हतियार सहित आएर आक्रमण गरेका थिए । घटनामा उम्मेदवार राजनका बुवा तथा वर्तमान गाउँपालिका अध्यक्ष मेहर सिंह पाईजालाई पनि सामान्य चोट पटक लागेको अध्यक्ष पदका उम्मेदवार पाईजाले रातो घरलाई जानकारी दिए ।
बडिगाड गाउँपालिकामा अहिलेको निर्वाचनमा अध्यक्ष पदमा एमालेको तर्फबाट राजन पाईजा उम्मेदवार हुन् । घटनास्थलबाट प्रहरीले २ वटा हँसिया, फलामको रड र अन्य काठका लौराहरु बरामद गरेको छ । घटनालाई लिएर बडिगाड गाउँपालिकामा रहेको नेकपा (एमाले) ले विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आक्रमणकारीहरुलाई पक्राउ गरी कार्बाही गर्न माग पनि गरेको छ । यस्तो छ “प्रेस विज्ञप्ती” हेर्नुस






Write your Comment