

वैशाख ३० , रौतहट । रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको छ । रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाही टोलमा मतपेटिका नै मतदान स्थलबाट लुटिएको हो ।
यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक-पटक झडप भएको थियो । तर मतदान स्थलमा हुलदंगा भएको र आक्रोसित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी रहेको मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड गरेका हुन् ।
त्यसक्रममा केहीले मतपेटिका समेत लिएर भागेका थिए । पानी हालेको अवस्थामा मतपेटिका बरामद भएको प्रहरीले जनाएको छ । दुवै स्थानमा मतदान रद्द गरिएको निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिएका छन् ।





Write your Comment