हेटौंडामा मेयरमा एमाले र उपमेयरमा कांग्रेसको सुरुवाती अग्रता

रातोघर

 २०७९ बैशाख ३१, शनिबार  मा प्रकाशित
२८० पाठक संख्या


३१ वैशाख, काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा एमालेका मेयरका उम्मेद्वा अनन्त पौडेलले सुरुवाती अग्रता लिएका छन् । यस्तै उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेद्वार राजेश बानियाँ अगाडि छन् ।

२ सय मतगणना हुँदा अनन्त पौडेलले ७१ मत पाएका छन् भने गठबन्धन तर्फबाट नेकपा एकीकृत समाजवादीबाट मेयर पदकी उम्मेद्वार मिना लामाले ६५ मत ल्याएकी छिन् ।

यस्तै राप्रपाका दीपक बहादुर सिंहले ४२ मत ल्याएका छन् । यस्तै कांग्रेसका बानियाँले ८८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार सुमित्रा काˆलेले ८२ मत प्राप्त गरेकी छिन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban