

बैशाख ३१ , शनिवार – जीतपुरसिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेलले अग्रता लिएका छन् । वडा नं.२४ २४ को १ हजार २१० मत गणना हुँदा पौडेलले ५४३ मत ल्याएका छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
उपमेयरमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी मेघा साहीले अग्रता लिएकी छन् । उनले ५४३ मत ल्याएका छन् । तेस्तै गरेर दोस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख संजय कुमार साह र उप-प्रमुखका उम्मेदवार वीपी मोक्तानले ४०० मत ल्याएका छन् ।
नेकपा एमालेका उम्मेदवार तेस्रो स्थानमा छन् । एमालेको तर्फबाट प्रमुख पदको उम्मेदवार सरस्वती चौधरी र उप-प्रमुखका उम्मेदवार भोला अधिकारीले २६७ मत ल्याएका छन् । वडा नम्बर २४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुल्तान अन्सारीले ५४३ मत ल्याएर अग्रता लिएका छन् ।
लोसपाका वडाध्यक्षका उम्मेदवार कलान अन्सारीले ४ सय र नेकपा एमालेका उम्मेदवार सेराजुन अन्सारी २७६ मत ल्याएका छन् । पहिलो चरणमा एकछापे मत मात्रै गणना गरेको सहायक निर्वाचन अधिकृत बलराम खड्काले रातो घरलाई जानकारी दिएका छन् । वडा नम्बर २४ मा १८ सय १६ मत खसेको थियो । जीतपुरसिमरा वडा नं.२४ को मत परिणाम सकिन लागेको जानकारीमा आएको छ ।





Write your Comment