

बैशाख ३१ , शनिवार – जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ को मतगणना गर्ने तयारी गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले रातो घरलाई दिएको जानकारी अनुसार केहिबेर पछि मतगणना शुरु गरिनेछ ।
अहिले वडा नम्बर १, २ र २३ को मतगणना भईरहेको छ । ‘अब हामी केहिबेरमै वडा नम्बर २२ को मतगणना गर्नेछौ’ सहायक निर्वाचन अधिकृत बलाराम खड्काले भन्नुभयो ।





Write your Comment