

बैशाख ३१ , शनिवार- बाराको निजगढ नगरपालिकामा मतगणना जारी रहेको छ । निजगढ वडा नंं १३ को मतगणना सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । ९ सय मत गणना गर्ने क्रममा एमालेको तफबाट मेयरमा सुरथ पुरी र उपमेयरमा सोममाया थिङ्गको अग्रता कायम गरेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताए ।
एमालेका पुरीले ४ सय ६८ मत र उपमेयरमा सोममाया थिङ्गले ४ सय ६९ मत प्राप्त भएको छ भने गठबन्धनको तर्फको मेयर पदमा उम्मेदवार सुरेश कुमार खनालको ४ सय २४ र उपमेयर उम्मेदवार रविराज दंगालको ४ सय २२ मत प्राप्त गरेका छन ।





Write your Comment