पछिल्लो ताजा अपडेट – जीतपुरसिमरा चार वटा वडाको मतगणना अहिले जारी छ, हेर्नुस

रातोघर

 २०७९ जेष्ठ १, आईतबार  मा प्रकाशित
१३०८ पाठक संख्या


जेष्ठ १ , आइतबार – जीतपुरसिमरा उपमहानगरपालिकाको चार वटा वडाको मतगणना अहिले जारी छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार वडा नं. २, ३, ४ र २१ को मतगणना अहिले भईरहेको छ ।

वडा नं. २ मा एमालेका धनबहादुर श्रेष्ठ अग्रस्थानमा देखिदा अन्य वडाको प्रारम्भिक मतपरिणाम आउन बाँकी छ । यसैगरी वडा नं. २० को मतगणना सुरु गर्न लागिएको कार्यालयले जनाएको छ ।

उपमहानगपालिकाको हालसम्म चार वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा तीन वडामा कांग्रेस र एक वडामा एमालेका उम्मेदवार निर्वाचित भईसकेका छन् ।

वडा नं. १ः हिराबहादुर गुरुङ (कांग्रेस)
वडा नं. २२ः शेखर काजी रुम्बा (कांग्रेस)
वडा नं. २३ः मुस्तकिम अंसारी (एमाले)
वडा नं. २४ः सुलतान अंसारी (कांग्रेस)

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban