जीतपुरसिमरा वडा नम्बर ४ मा माओवादि केन्द्रका ईश्वर खत्री वडा अध्यक्षमा बिजयी

रातोघर

 २०७९ जेष्ठ २, सोमबार  मा प्रकाशित
१३९२ पाठक संख्या


जेष्ठ २, सोमबार – जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा माओवादि केन्द्रले खाता खोलेको छ । वडा नम्बर ४ मा माओवादि केन्द्रका तर्फबाट भोजबहादुर खत्री (ईश्वर) ले खाता खोल्न सफल भएका हुन् ।

खत्रीले ९२४ मत ल्याएर यस उपमहानगरपालिका माओवादि केन्द्रलाई जीत निकाल्न सफल भएका हुन् । उनले आफ्नो निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका भागवत चौधरीलाई ३ सय ६१ मत अन्तरले पराजीत गरेका हुन् ।

खत्री २०७४ सालको निर्वाचनमा पनि वडा अध्यक्षमा निर्वाचत भएका थिए । यस निर्वाचनमा वडा अध्यक्ष सहित ३ सदस्यमा उनले जीत निकाल्न सफल भएपनि एकजना वडा सदस्य एमालेबाट आएको सहायक निर्वाचन अधिकृत बालाराम खड्काले रातो घरलाई जानकारी दिनभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban