

दार्चुला । दार्चुलामा हाइस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका —९ गोकुलेश्वरबाट पनेबाँजतर्फ जाँदै गरेको म १ ज २७७ नम्बरको हाइस शैल्यशिखर —६ ग्वानी वडा कार्यालय नजिक रोलाखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा चालक प्रकाशसिंह धामी, सवार नविनसिंह धामी र हरिश धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । मृतक तीनै जना ग्वानीका स्थानीय रहेका छन् ।
नेकपा एमालेका कार्यकर्ताहरुलाई विजय जुलुसमा गोकुलेश्वर ल्याउनका लागि पनेबाँज जाँँदै गरेको हाइस सडकबाट करिब ५ सय मिटर तल भिरमा खसेको प्रहरी निरीक्षक थापाले बताए ।





Write your Comment