जीतपुर सिमरामा १२ वडाको मत गणना सकियो,२४ सय मतले पौडेलको अग्रता,उपमेयरमा यस्तो छ

रातोघर

 २०७९ जेष्ठ २, सोमबार  मा प्रकाशित
१४८९ पाठक संख्या


जेष्ठ२,सिमरा/ जीतपुर सिमरामा जारी मतगणनामा गठबन्धनका उम्मेदवार राजन पौडेलले १०,०३१ मत ल्याएका छन् । उनका प्रतिष्पर्धी एमालेकी सरस्वती चौधरीले ७,६३० मत ल्याएकी छिन् । उपमहानगरको मत परिणाम घोषणा भईसकेको १२ वटा वडामा गठबन्धनका उम्मेदवार पौडेल चौधरी भन्दा २४०१ मतले अगाडी छन् ।

उपप्रमुखमा गठबन्धनकी उम्मेदवार मेघा शाहीले ८,३३९ मत ल्याएकी छिन् भने एमालेका उपप्रमुखका उम्मेदवार भोला अधिकारीले ७,६७० मत ल्याएका छन् । उपप्रमुखमा शाही ६६९ मतले अगाडी छिन् ।

हालसम्म सार्वजनिक भएका १२ वटा वडा मध्ये ६ वटा वडामा एमाले, ४ वटा वडामा नेपाली कांग्रेस र २ वटा वडामा माओवादी केन्द्रका वडाध्यक्षहरु बिजयी भएको छन् । उपमहानगरको वडा नं १,२,३,४,५,६,१९,२०,२१,२२,२३ र २४ को मत परिणाम सार्वजनिक भईसकेको हो भने हाल वडा नं ८,१७,१८ मा मतगणना जारी छ । जेष्ठ२

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban