

जेष्ठ ३ सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका १७ मा नेकपा एमालेका उम्मेदवार भिम बहादुर गंतानको प्यानल विजयी भएको छ । गंतान एक हजार ८८ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् ।
नेपाली कांग्रेसका उम्मेदवार नवराज खड्कालाई दुई सय तीन मतको मतान्तरले पराजित गर्दै गंतान विजयी भएका हुन् । खड्का अघिल्लो स्थानीय अघिल्लो स्थानीय तह निर्वाचनमा गंतानलाई पराजित गर्दै निर्वाचित भएका थिए ।
उक्त वडामा एमालेको तर्फबाट महिला सदस्यको उम्मेदवार जानकी चौधरी, दलित महिला सदस्य कलिता देवी, सदस्य टंके थिङ र प्रदीप प्रसाद चौधरी विजयी भएका छन् ।
प्रमुख र उपप्रमुख
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ बाट नेकपा एमालेका नगर प्रमुख र उपप्रमुख उम्मेदवारले बढी मत प्राप्त गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालय दिएको जानकारी अनुसार एमालेको प्रमुख पदकी उम्मेदवार सरस्वती देवी चौधरीले एक हजार २४ मत प्राप्त गरिन् । प्रमुख पदकै अर्का उम्मेदवार गठबन्धनका राजन पौडेलले ६ सउ ६६ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार भोलाप्रसाद अधिकारीले एक हजार ५७ मत प्राप्त गर्दा कांग्रेसकी मेघा शाहीले आठ सय ६० मत पाएकी छिन् ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ को अन्तिम मतपरिणाम:
नेकपा एमाले
प्रमुख: १०२४
उपप्रमुख: १०५७
वडाध्यक्ष: १०८८
महिला सदस्य: १०९४
दलित महिला सदस्य: १०४५
खुल्ला सदस्य: १०३०
खुल्ला सदस्य: ८००
गठबन्धन
प्रमुख माओवादी : ६६६
उपप्रमुख कांग्रेस : ८६०
नेपाली कांग्रेस
वडाध्यक्ष: ८८५
महिला सदस्य: ८७४
दलित महिला सदस्य: ८५०
खुल्ला सदस्य: ८५८
खुल्ला सदस्य: ९३२
राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रमुख: १०
उपप्रमुख: १२
लोकतान्त्रिक समाजवादी पार्टी
प्रमुख: ४
उपप्रमुख: ४





Write your Comment