जीतपुरसिमराको १६ वडामा यस्तो छ नयाँ नेतृत्व,कसले कहाँ जिते हेर्नुहोस्

रातोघर

 २०७९ जेष्ठ ३, मंगलबार  मा प्रकाशित
३६६५ पाठक संख्या


ष्ठ ३,सिमरा / जीतपुरसिमरा उपमहानगरपालिकाको मत गणना जारी रहेको छ । जितपुरसिमरा उपमहानगरपालिकाको मत गणनाको नतिजा हालसम्म १६ वटा वडाको मत परिणाम आई सकेको छ । जसमा ९ वटा वडा नेकपा एमालेले जितेको छ । नेपाली काँग्रेसले ५ वटा वडामा जित हासिल गरेको छ ।

२०७४को निर्वाचनमा १० वटा वडा जितेको माओवादी केन्द्रले २ वटा वडामा मात्र जित निकाल्न सकेको छ । हाल वडा नं.९ र १६ को मत गणना जारी छ भने अबको केही समयमा वडा नं.१० र १५ को मत गणना सुरु गर्ने तयारी भैंरहेको छ ।

यस्तो छ निर्वाचित १६ वडाहरु

वडा नं. १: हिराबहादुर गुरुङ (नेपाली कांग्रेस)प्यानल सहित

वडा नं. २ : धनबहादुर श्रेष्ठ (नेकपा एमाले) प्यानल सहित

वडा नं. ३: ताराबहादुर कार्की (नेकपा एमाले)प्यानल सहित

वडा नं. ४: भोजबहादुर खत्री (ईश्वर) (नेकपा माओवादी केन्द्र)

वडा नं. ५ दीपेन्द्र चौधरी (नेपाली कांग्रेस)प्यानल सहित

वडा नं. ६: कैमुदिन अंसारी (नेकपा एमाले)प्यानल सहित

वडा नं. ७: सुनिल गुप्ता (नेकपा एमाले)प्यानल सहित

वडा नं. ८: शिबशंकर कुशवाहा (नेकपा एमाले)प्यानल सहित

वडा नं. १७: भिम लामा (नेकपा एमाले)प्यानल सहित

वडा नं. १८: चतुरबाबु वाग्ले (नेपाली कांग्रेस)प्यानल सहित

वडा नं. १९: दीपेन्द्र बहादुर क्षेत्री(नेकपा माओवादी केन्द्र)प्यानल सहित

वडा नं. २०: रसुल मिया अंसारी (नेकपा एमाले)प्यानल सहित

वडा नं. २१: सुवास श्रेष्ठ (नेकपा एमाले)प्यानल सहित

वडा नं. २२ शेखर काजी रुम्बा (नेपाली कांग्रेस)प्यानल सहित

वडा नं. २३: मुस्तकिम अंसारी (नेकपा एमाले)प्यानल सहित

वडा नं. २४: सुलतान अंसारी (नेपाली कांग्रेस)

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban