जीतपुरसिमरा उपमहानगरपालिका: प्रमुखमा पौडेल र उपप्रमुखमा अधिकारी निर्वाचित,यस्तो छ मतान्तर

रातोघर

 २०७९ जेष्ठ ५, बिहिबार  मा प्रकाशित
१६२६ पाठक संख्या


जेष्ठ ५, सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजन पौडेल र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार भोलाप्रसाद अधिकारी विजयी भएका छन् ।

पौडेल अठार हजार सात सय ४३ मत प्राप्त गर्दै उपमहानगरपालिकाको नगर प्रमुखको रुपमा निर्वाचित भएका हुन् । पौडेलले एमालेकी उम्मेदवार सरस्वतीदेवी चौधरीलाई ९ सय ६४ मतको मतान्तरले पराजित गरे । चौधरीले १७ हजार सात सय ७९ मत प्राप्त गरिन् ।

यसैगरी उपप्रमुखमा भने एमालेका उम्मेदवार अधिकारीले १७ हजार चार सय ९२ मत प्राप्त गर्दा गठबन्धनकी उम्मेदवार मेघा शाहीले १५ हजार आठ सय ४२ मत प्राप्त गरिन् । अधिकारीले एक हजार ६ सय ५० मतले जित हात पारेका हुन् ।

उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुखका लागि सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रमुख र नेपाली कांग्रेसले उपप्रमुख पदमा भागबण्डा गरेको थियो भने नेकपा एमाले एक्लै प्रतिस्पर्धामा रहेको थियो ।

बैशाख ३० गते भएको निर्वाचनको अन्तिम मतपरिणाम आउँदा एमालेले १३, कांग्रेसले पाँच, माओवादीले चार, लोसपाले एक र एकिकृत समाजवादीले एक वडामा जित हात पारेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban