

जेठ ८ सिमरा: स्थानीय तहको मत परिणाम आउने क्रम छ । यसैक्रममा सबैभन्दा बढि ध्यान काठमाडौं महानगरपालिकातिर छ । पछिल्लो जानकारी अनुसार एकलाख बाह्र हजार चार सय बयालिस मत गन्दाअहिले बालेन्द्र(बालेन) साह ३९५१५ मत सहित अग्रता लिइरहेका छन् । अहिले बालेनलाई नेपाली कांग्रेसकी सिर्जना सिंह २२२७० मत सहित पछाइरहेकी छिन् । नेकपा कम्युनिष्ट पार्टी(एमाले)को केशव स्थापित २१७७५ मत सहित तेस्रो स्थानमा छन् । चौथोमा राप्रपाबाट मदनदास श्रेष्ठ छन् ।
यसैगरी उपमेयरमा २६५७५ मतसहित नेकपा कम्युनिष्ट पार्टी(एमाले)की सुनिता डंगोल अग्रतामा छिन् । डंगोललाई ८५११ मतसहित नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)को रामेश्वर श्रेष्ठ पछाइरहेका छन् । तेस्रोमा राप्रपाकी बिनिता मगैया ३६२३ मत सहित छिन् ।





Write your Comment