जीतपुरसिमरा : जनप्रतिनिधिको सपथ ग्रहण भोलि, नगर प्रमुख पौडेलले खुवाउने

रातोघर

 २०७९ जेष्ठ ८, आईतबार  मा प्रकाशित
५४५ पाठक संख्या


जेठ ८ सिमरा: जीतपुरसिमरा उपमहानगरपालिकामा भोलि नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ खुवाईने भएको छ । उप–प्रमुखसहित २४ वटै वडाका वडा अध्यक्ष र सदस्यहरुलाई नगर प्रमुख राजन पौडेलले सपथ खुवाउने कार्यक्रम छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा भोलि दिउसो २ बजे नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ खुवाउने कार्यक्रम तय भएको प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलले जानकारी दिनुभयो ।

बैशाख ३० गते सम्पन्न निर्वाचनबाट मेयरमा राजन पौडेल र उप–मेयरमा भोला प्रसाद अधिकारी निर्वाचित हुनुभएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban