माधव नेपालले भने– ‘हामी बालेनसँग सहकार्य गर्न तयार छौँ’

रातोघर

 २०७९ जेष्ठ १३, शुक्रबार  मा प्रकाशित
४१२ पाठक संख्या


जेठ १३  सिमरा:  नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउने सन्दर्भमा नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।

नेपालले लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित भएका साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिए ।
‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरे अनुरूप काठमाडौंलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवम् सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर रहेको छ,’ नेपालले जारी गरेको सन्देशमा उल्लेख छ ।

नेपालले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित उपप्रमुख, वडाध्यक्षहरू तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई समेत बधाई तथा शुभकामना दिए । नेता नेपालले केही दिन अघि बागमती प्रदेशको राजधानी हेटौंडा आएर आफ्ना कार्यकर्ताहरुलाई धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङ जस्तै बन्न निर्देशन दिएका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban