वीरगञ्जको सडकमा मेयर र उपमेयर

रातोघर

 २०७९ जेष्ठ १४, शनिबार  मा प्रकाशित
५१८ पाठक संख्या


जेष्ठ १४,सिमरा/वीरगञ्ज महानगरका नवनिर्वाचित मेयर र उपमेयरले शनिबार पनि सडक र नालाको सरसफाइको अवस्था बारे जायजा लिएका छन् ।
मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमले शनिबार बिहान महानगरपालिका सरसफाइ शाखाका कर्मचारीहरुलाइ संगै लिएर विभिन्न स्थानको सडक र नाला सरसफाइ गराएका हुन् । दुवै जना आफैले पनि सडकमा झाडु पनि लगाएका छन् ।

विर्ता चोक , मकालु चोक , कैलाश होटल चोक, घडीअर्वा, माइस्थान हुदै घण्टाघर सम्म पुगेर दुवै जनाले सडक र नाला सरसफाइ गराएका हुन् ।
यसका साथै सडक र सडक पेटिमा थुपारिएका गिट्टी बालुवा पनि महानगरका कर्मचारीबाट उठाउन लगाएका छन् । त्यस क्रममा वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु , वडा नम्बर ६ का वडा अध्यक्ष जयप्रकाश अग्रवाल, वडा नम्बर ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ता लगायतको पनि सहभागीता रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban