

जेष्ठ १५,सिमरा/ संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । सरकारले उखु किसानलाई अनुदान उपलब्ध गराउन ८१ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले उखु किसानलाई अनुदान उपलब्ध गराउन ८१ करोड रुपैयाँ छुट्याएको जानकारी दिए ।
त्यस्तै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहमा जाने अनुदान समग्रमा वृद्धि गरिएको जानकारी दिए । आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै प्रदेश र स्थानीय तहलाई आफ्नो अधिकारअनुसार काम गर्नको लागि अनुदान बढाएको शर्माले बताएका छन् ।
सरकारले समानीकरण अनुदानतर्फ प्रदेशलाई ६१ अर्ब ४३ करोड, स्थानीय तहलाई १ खर्ब २३ अर्ब र ससर्त अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड विनियोजन गरेको छ ।
त्यस्तै सरकारले मल बनाउन नेपालमै कारखाना खोल्ने योजना पेस गरेको छ । ग्रीन हाइड्रोजन र ग्रीन एमोनिया मल बनाउने कारखाना निर्माणका लागि लगानी बोर्डले योजना बनाउने अर्थमन्त्री शर्माले बताए । यसका साथै उनले विदेशबाट मल खरिदका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरिएको बताएका छन् ।
त्यस्तै सरकारले चोभारस्थित फलफूल तथा पुष्प बजार सञ्चालनमा ल्याउने भएको छ।
सरकारले कृषि तथा वन विश्वविद्यालयमा पनि अनिवार्य रूपमा प्रयोगात्मक अध्ययनको व्यवस्था मिलाउने घोषणा गरेको छ ।
यसबाहेक कृषकहरूलाई नगदे बाली खेती गर्न प्रेरित गर्ने घोषणा गरेको छ ।





Write your Comment