बजेट भाषणः निर्माणाधीन ६५५ अस्पतालका लागि १० अर्ब, प्रत्येक वर्ष २ लाखलाई रोजगारी

रातोघर

 २०७९ जेष्ठ १५, आईतबार  मा प्रकाशित
२७३ पाठक संख्या


जेष्ठ १५,सिमरा/    सरकारले स्थानीय तहमा निर्माणाधीन ६५५ अस्पतालका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले ती अस्पतालको निर्माण सम्पन्न आगामी आवमा गरिने घोषणा समेत गरेका छन् ।

उनले पुराना तथा जीर्ण अवस्थामा रहेका अस्पताल भवनको समेत स्तरोन्नती गरिने उल्लेख गरेका छन् । उनका अनुसार जेष्ठ नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्न २० वटा अस्पतालमा जेष्ठ नागरिक वार्ड सञ्चालनमा ल्याइने भएको छ ।

त्यस्तै सरकारले प्रत्येक वर्ष २ लाख सुचिकृत बेरोजगारलाई रोजगारी दिने बताएको छ । प्रत्येक वर्ष स्थानीय पालिकाको रोजगार सेवा केन्द्रमा सुचीकृत २ लाख बेरोजगारलाई रोजगारी दिइने बताएका हुन् ।

त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरिने उनले बताए । स्थानीय तहको सहकार्यमा खेतियोग्य बाँझो जमिन पहिचान गरी रोजगार केन्द्रमा सूचीकृत बेरोजगारलाई कृषि उत्पादनमा केन्द्रित रोजगारी प्रदान गरिने भएको छ ।

सरकारले सबै बेरोजगारको सीप, योग्यताको तथ्यांक संकलन गर्ने घोषणासमेत गरेको छ । सरकारले निम्न आय भएका गरिब र श्रमिकका लागि खाद्य सुरक्षा परिचयपत्र वितरण गर्ने भएको छ । गरिब र श्रमिलाई खाद्य सुरक्षाका लागि यस्तो घोषणा गरिएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban