

जेष्ठ १५,सिमरा/ सरकारले सबै स्थानीय तहको प्रशासनिक भवन २ बर्षभित्रै निर्माण गरिसक्ने घोषणा गरेको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।
त्यस्तै विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तहसँग समन्वय गर्ने सरकारले बताएको छ।
त्यसैगरी सरकारले गृहिणीलाई उत्पादनमूलक कार्यमा संलग्न गराउन उद्यमी गृहिणी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
अर्थमन्त्री शर्माले उनीहरूको रूची र क्षमताको क्षेत्रमा उद्यमशीलता सम्बन्धी तालिम र लघुवित्तमार्फत् सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।
साथै, उनीहरूबाट उत्पादित वस्तु स्थानीय तहबाट सञ्चालित हुने कोसेली घरहरूबाट बिक्री गरिने व्यवस्था गरिने बताएका छन् ।





Write your Comment