तारा एयर दुर्घटना अपडेटः १४ जनाको शव संकलन

रातोघर

 २०७९ जेष्ठ १६, सोमबार  मा प्रकाशित
४२१ पाठक संख्या


जेष्ठ १६,सिमरा /  दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको जहाजमा सवार २२ जनामध्ये १४ जनाको शव संकलन भएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । जहाजमा सवार कसैलाई पनि जिवित अवस्थामा भेट्ने सम्भावना भने नरहेको प्राधिकरणले जनाएको छ ।

अन्यको खोजीकार्य जारी रहेको भन्दै शव भेटिएकामध्ये केहीको चिनिने अवस्था र केहीको भने क्षतविक्षत अवस्थामा शव भेटिएको प्राधिकरणले जनाएको छ ।

आइतबार सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा भेटिएको थियो। स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको थियो । जहाज पुरै टुक्राटुक्रा अवस्थामा छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban